बैशाख २०, २०८१, बिहीबार
               

आज गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । आज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले विश्वासको मत लिने भएका छन्  । मुख्यमन्त्री नेपालीले  आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।  

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिने तयारी गरेका छन् । 

विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा गराइसकेको प्रवक्ता खड्काको भनाइ छ ।  

प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।  मुख्यमन्त्री पोखरेललाई उनको पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ ।

यो पनि