बैशाख ०७, २०८१, शुक्रबार
               

उपचारका लागि नेता खनाललाई भारत लगियो

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट  थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । 

उनका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार सुरु गरिने बताए । यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गरे ।नर्भिक अस्पतालमा पुगी उनले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिए । 

स्वास्थ्यावस्था स्थिर 

नर्भिक अस्पतालमा रहँदा उनको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।  ज्वरोसंँगै  थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते  अस्पताल भर्ना गरिएको थियो । नेता खनालको  फोक्सोमा पानी जमेको  र सोही कारणले अक्सिजनको कमी देखिएको थियो ।  नर्भिकमा उनको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उनको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताए । 

हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उनलाई  मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

कोभिड–१९ हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताए । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि