जेठ ०६, २०८१, आइतबार
               

जसपा विवादमा आयोगको फैसला : कारबाही कानुनबमोजिम देखिएन

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी  पार्टी (जसपा) का दुवै पक्षले एकअर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदन कानुनसम्मत नभएको बताएको छ । 

आइतबार आयोगले निर्वाचन आयोगले  महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहेको बताएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको छ ।
‘एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन,’ आयोगको फैसलामा भनिएको छ । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएका निवेदन कानुनवमोजिम नभकाले अद्यावधिक गर्न नमिलेको आयोगको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि