बैशाख २०, २०८१, बिहीबार
               

गण्डकी प्रदेश : प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा विपक्षी गठबन्धन धर्नामा बसेको छ ।

मुख्यमन्त्रीमा निवर्तमान पृथ्वी सुब्बा गुरुङले जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालय पुगेका उनीहरुले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका हुन् । 

नक्कली दाबी पेस गरेको भन्दै विपक्षी गठबन्धनले आपत्ति जनाएको छ । 

शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले संविधानको धारा १६८ (५० अनुसार मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार नै ३१ प्रदेशसभा सदस्यको सशरीर उपस्थितिसहित दाबी पेश गरेका थिए । विपक्षी गठबन्धनले शुक्रबारै निर्णयको आस गरे पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार दिउँसो ३ बजेसम्म समय रहेकाले त्यसपछि निर्णय लिने बताएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि