काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय पुगेको छ ।
जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोगमा गुरुङले दाबी पेस गरेसँगै विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय पुगेको हो । नक्कली दाबी पेस गरेको भन्दै विपक्षी गठबन्धनले आपत्ति जनाएको छ ।