बैशाख ०८, २०८१, शनिबार
               

गण्डकी प्रदेश मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् ।

विश्वासको मत लिन नसकेपछि विपक्षी गठबन्धनको तर्फबाट बहुमत सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेको भोलिपल्ट गुरुङले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् । जसपा र जनमोर्चाको समर्थनमा दाबी पेश गरिएको गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए ।

शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

यो पनि