बैशाख १५, २०८१, शनिबार
               

सभापति देउवाले बोलाए आज कांग्रेसको पदाधिकारी बैठक

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

उनले आफ्नै निवास बुढानीलकण्ठमा आज (शािबार) पदाधिकारी बैठक बोलाएको स्रोतले जनाएको छ ।

उक्त बैठक आज दिउँसो २ बजे बस्ने र आगामी महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको स्रोतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि