बैशाख १५, २०८१, शनिबार
               

गण्डकी प्रदेश मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दाबी

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बाले विश्वासको प्राप्त नगरेपछि प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकै दिन नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए ।
प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छन् ।

यो पनि