बैशाख १९, २०८१, बुधबार
               

नागरिकता अध्यादेशसम्बन्धी सर्वोच्चको आदेशप्रति अध्यक्ष ठाकुर असन्तुष्ट

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकतासम्बन्धी समस्या भयावह हुने बताएका छन् ।

सर्वोच्चले तत्काल नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको भोलिपल्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताएका हुन् ।

बिहीबार सर्वोच्चले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । 

नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रुष्ट बनेका छन् ।

नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए । उनले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए ।

यो पनि