जेठ ०६, २०८१, आइतबार
               

सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री भने अनुपस्थित

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्री सहभागी सो बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल भौतिक रुपमा सहभागी नहुने सभामुखको सचिवालयले जनाएको छ । तर, सभामुखद्वारा बोलाइएको सो बैठकमा प्रधानमन्त्री केपी शर्मा भने अनुपस्थिति छन् ।


कस्तो लाग्यो ?

यो पनि