बैशाख ०४, २०८१, मंगलबार
               

सभामुख सापकोटाको बोलाए आज सर्वदलीय बैठक

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले प्रतिािधिसभा विघटनपछि उत्पन्न भएका राजनीतिक परिस्थितिबारे छलफलको लागि उक्त सर्वदलीय बैठक आह्वान गरेका हुन् । 

बैठक आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ । सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निमन्त्रणा पठाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार यस बैठकमा सबै दलका शीर्ष नेताहरु र पूर्वप्रधानमन्त्रीलाई पठाइएको निमन्त्रणा पत्रमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि यो बैठकमा संसद विघटनपछि अब के कसरी अघि बढ्ने बारेमा छलफल हुने छ ।

सरकारले संसद विघटन गर्दै चुनाव घोषणा गरेपछि सभामुख सापकोटा असन्तुष्ट छन् । तर, यस बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने स्रोतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि