बैशाख ०६, २०८१, बिहीबार
               

नवनियुक्त मन्त्रीले लिए शपथ

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलले सात मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

बिहीबार नै प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ।

ओलीद्वारा विस्तारित मन्त्रिपरिषद बैठकमा नेकपा एमालेदेखि जनता समाजवादी पार्टी (जसपा) र पूर्वमाओवादी खेमासम्मका अनुहार छन् । 

यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि