बैशाख १२, २०८१, बुधबार
               

मन्त्रिपरिषद् विस्तारको तयारी, चर्चामा महेश बस्नेतदेखि बादलकी श्रीमतीसम्म

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हाल सातवटा मन्त्रालयको जिम्मा आफैले लिएका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

यस पटकको मन्त्रीपरिषद् विस्तारमा पनि नेताको परिवार मोह हाबी देखिने स्रोतको दाबी छ । यसअघि पुर्नगठित मन्त्रीपरिषद्मा प्रधानमन्त्री ओलीले रघुवीर महासेठको दम्पतीलाई आलोपालो मन्त्री बनाएका थिए । यस पटक  भने निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नीले अवसर पाउने चर्चा छ । 

नैनकला थापा बादलकी श्रीमती हुन् । उनलाई संन्चारमन्त्री बनाइन लागिएको बालुवाटार स्रोतको दाबी छ । यस्तै खगराज अधिकारी, नारदमुनी रानालगायतको नाम पनि चर्चामा छ । गृहमन्त्रीमा खगराज अधिकारी, वनमन्त्रीमा नारदमुनी राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग मन्त्रीमा राज किशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, र वन राज्यमन्त्रीमा आशा विकको नाम चर्चामा छ।  यस्तै महेश बस्नेतको समेत नाम चर्चामा छ ।

यो पनि