जेठ ०३, २०८१, बिहीबार
               

सभामुख सापकोटाले प्रधानमन्त्री र शीर्ष नेताहरुसँग छलफल गर्दै

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्ने भएका छन् । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ ।

समसामयिक विषयमा छलफलका लागि उनिहरुलाई बोलाइएको बताइएको छ । बैठक अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ ।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग छलफल गरेका थिए ।

यो पनि