बैशाख २०, २०८१, बिहीबार
               

गण्डकी प्रदेश कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बुधबार अपरान्ह ४ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लिने विश्वास मतका सन्दर्भलाई लिएर सो बैठक बसेको हो । एक स्रोतका अनुसार बैठकले भोलि मुख्यमन्त्रीले विश्वासको मतबारे ह्विप जारी गर्नेछ । 

संविधानको १६८ (३) अनुसार  प्रदेशसभाको ठूलो दलको आधारमा पुनः मुख्यमन्त्री बनेका गुरुङले  भोलि विश्वासको मत लिँदैछ । तर, अहिलेसम्म उनले विश्वासको मत प्राप्त गर्ने आधार बनेको छैन । यता विपक्षी गठबन्धनले पनि बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्ने परिस्थिति बनेको छ ।

जनमोर्चाका सांसद कृष्ण थापाको पुनर्वहालीसँगै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई बहुमत जुटाउन कठिन छ । तर सभामुख र नेकपा एमालेको माधव नेपाल पक्षमा सांसदको राजीनामा आएका अवस्था विपक्षी गठबन्धनले बुहमत जुटाउने सम्भावना भने जीवितै छ ।

यता प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि समय उपलब्ध गराउने होइनन् कि भन्ने विपक्षीमा आशंका देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि