बैशाख २०, २०८१, बिहीबार
               

आज कर्णाली प्रदेशसभाको बैठक

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

कर्णाली । कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलबार पनि प्रदेशसभा बैठक बस्न सकेन ।

प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकोमा आक्रोश पोखेका थिए ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए । मंगलबार बैठक सञ्चालनको लागि सरकार र प्रतिपक्षबीच तीन घण्टा वार्ता भएको थियो ।

त्यसको टुङ्गो नलागेपछि बैठक नै बस्न नसकेको हो । दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते (आज) अपराह्न २ः०० बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि