चैत १६, २०८०, शुक्रबार
               

एमाले नेता भुसाल भन्छन् : पार्टी एकताबद्ध बनाउने प्रयासविरुद्ध अनर्गल प्रचार भयो

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीलाई एकताबद्ध बनाउने प्रयासविरुद्ध अनर्गल प्रचार भएको बताएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि आफू प्रतिबद्ध रहेको बताउँदै एकताका लागि अपिल गरेको भोलिपल्ट भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत् सो बताएका हुन् । 

‘हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने समूह नै तयार भएको छ’, उनले लेखेका छन् । यस्तो समूहलाई उनले पञ्चायतकालका मण्डलेसँग तुलना गरेका छन् ।

पञ्चायत धराशायी हुनुमा सत्ताबाटै संरक्षित समूह मण्डले कारण रहेको भुसालले उल्लेख गर्दै उनले त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको स्मरणसमेत गरेका छन् ।

यो पनि