जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीको प्रस्ताव नै गलत भएको नेपाल समूहको निष्कर्ष

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने  भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका निम्ति ६ बुँदे प्रस्ताव अघि सारेपछि बसेको स्थायी कमिटीको भर्चुअल बैठक ले सो निर्णय गरेको हो । साथै सो समूहले हस्तावक्षर फिर्ताको प्रस्ताव नै गलत भएको निष्कर्षसमेत निकालेको छ । संसद विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने नेपाल समूहको निर्णय छ ।

आइतबार प्रधानमन्त्री ओलीले एकताका लागि भन्दै हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका थिए । 

बैठकमा सहभागी एक नेताले सर्वोच्च अदालतमा दायर रिटको हस्ताक्षर संसद् विघटनसँग सम्बन्धित भएकाले हस्ताक्षर फिर्ताको प्रस्ताव  गलत मनसायका कारण आएको ठहर गरेको बताए । 


कस्तो लाग्यो ?

यो पनि