जेठ ०६, २०८१, आइतबार
               

प्रदेश २ जसपा संसदीय दलको नेतामा राउत चयन

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन् ।

दुई पार्टी एकीकरण भएको एक वर्षभन्दा बढी समयपश्चात् प्रदेश २ को संसदीय दलको संसदीय नेतामा राउत चयन भएका हुन् । उनी पार्टीभित्र विवाद कायम रहेका बेला संसदीय दलको नेताका रुपमा चयन भएका हुन् । 

जसपाका कुल ५५ सांसदमध्ये राउतको समर्थनमा पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका २५ मध्ये ६ जना गरी कुल ३६ सांसदले हस्ताक्षर गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि