बैशाख १९, २०८१, बुधबार
               

नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले खाए शपथ

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्गठित मन्त्रिपरिषद्का नयाँ सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राति नवनियुक्तमन्त्री उपप्रधानमन्त्री एवं मन्त्रीहरूले शपथ खाएका हुन् ।

नवनियुक्त उपप्रधानमन्त्रीहरू राजेन्द्र महतो र रघुवीर महासेठले आजै राति सिंहदरबार पुगेर पदबहाली गरेका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई आठ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् आजै पुनर्गठन गरिएको थियो । 

पुनर्गठित मन्त्रिपरिषद्‍मा तीनजना उपउप्रधानमन्त्री रहने छन् । प्रधानमन्त्री केपी शर्मा ओली गृह, सञ्चार, रक्षा, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासनमन्त्रालय आफैँसँग राखेर फेरि मन्त्रिपरिषद् विस्तारको ढोका खुला राखेका छन् ।

यसअघि नै थपिएका मन्त्रीहरूले पनि आजै पद तथा शपथ ग्रहण गरेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्‍मा को को ?

उपप्रधानमन्त्री

विष्णुप्रसाद पौडेल- उपप्रधानमन्त्री, अर्थ

राजेन्द्र महतो- उपप्रधानमन्त्री, शहरी विकास

रघुवीर महासेठ- उपप्रधानमन्त्री, परराष्ट्र

मन्त्री

शेरबहादुर तामाङ- स्वास्थ्यमन्त्री तथा जनसंख्या

कृष्णगोपाल श्रेष्ठ- मन्त्री, शिक्षा

बसन्तकुमार नेम्वाङ- मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ- मन्त्री, कान्न, न्याय तथा संसदीय मामिला

शरतसिंह भण्डारी- मन्त्री, ऊर्जा, जलस्रोत तथा सिचाइँ

अनिल झा- मन्त्री, खानेपानी तथा सरसफाई

विमलकुमार श्रीवास्तव- श्रम तथा रोजगार

उमाशंकर अरगरिया- मन्त्री, वन तथा वातावरण

लक्ष्मणलाल कर्ण- मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण

चन्दा चौधरी- मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ- मन्त्री, युवा तथा खेलकुद

राज्यमन्त्री

चन्द्रकान्त चौधरी- ऊर्जा, जलस्रोत तथा सिचाइँ

रेणुका गुरुङ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

 

यो पनि