जेठ ०४, २०८१, शुक्रबार
               

सकियो नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सकिएको छ।

बिहीबारदेखि दुई दिनसम्म चलेको भर्चुअल बैठक केही बेरअघि मात्रै सकिएको हो । तर, बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।नेपाल स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकका निर्णय भोलि अर्थात् शनिबार सार्वजनिक गरिने भएको छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग सँगै बस्ने अवस्था समाप्त भएकाले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने माग बलियो रुपमा उठेको बताइएको छ ।

तर, केही नेताले पार्टी एकताको प्रयास जारी रहेकाले तत्काल पार्टी पुनर्गठन गर्न नहुने सुझाव दिएको बुझिएको छ । बैठकमा सयभन्दा बढी केन्द्रीय सदस्य सामेल भएका थिए । 

यो पनि