जेठ ०६, २०८१, आइतबार
               

जसपाबाट को-को भए मन्त्री, साँझ ६ बजे शपथ ग्रहण हुँदै

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन् । जसपा स्रोतका अनुसार जसपाबाट मन्त्री बनेका १० जनाले शुक्रबार साझ ६ बजे मन्त्रीको शपथ लिँदै छन् । 

जसपाको तर्फबाट मन्त्री बन्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् ।

महतोले उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी, झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।

जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।


कस्तो लाग्यो ?

यो पनि