काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकले जर्मनी बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको बताएका छन् ।
उनका अनुसार यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
‘२०७५ सालमा ल्याइएको सो कार्यविधि अनुसार राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाबाट कम्तिमा ५० प्रतिशत पर्नेगरी नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएको छ,’ उनले भने, ‘सरकारले हालै गरेको ११ देशका राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट २ जना समेटेर ९ जनालाई गैर परराष्ट्र सेवाबाट नियुक्तिका लागि सिफारिस गरेको थियो ।’