बैशाख १७, २०८१, सोमबार
               

शपथग्रहणको तयारीका लागि महन्थ ठाकुर प्रधानमन्त्रीसँग छलफल गर्दै

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । मन्त्रीको नाम टुङ्ग्याएका ठाकुर प्रधानमन्त्रीसँग मन्त्रालयको विषयमा कुरा गर्न जाने तयारीमा छन् । 

मन्त्रालयको विषयमा टुङ्गो लगाउन जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदै छ ।

जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनीलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् । यसमध्ये आठजना मन्त्री दुई जना राज्यमन्त्री हुने बताइएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शरतसिंह भण्डारी, सहरी विकास मन्त्रालयमा अनीलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ । राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि