कात्तिक ३०, २०८१, शुक्रबार
               

आयोगले माग्यो महन्थसँग केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षर

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।

अध्यक्ष ठाकुरले आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको भोलिपल्ट आयोगले महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको हो ।

मंगलबार अध्यक्ष ठाकुरले निर्वाचन आयोगलाई अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र पठाएका थिए ।

त्यसैगरी, मंगलबाररै अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए ।

दुवै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता कितावमा रहेको विवरण सच्याउन पनि आग्रह गरेका थिए ।

आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेको प्रवक्ता श्रेष्ठले बताए । उक्त अनुसूची १८ मा दलको विवरण हेरफेर भएको निवेदन दिने ढाँचा समावेश छ ।

विघटन भएको प्रतिनिधिसभामा दुईतिहाइभन्दा बढी सांसद ठाकुरसँग थिए । समाचार स्रोतहरूका अनुसार केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्षमा बलियो बन्दै गएको छ । 


कस्तो लाग्यो ?

यो पनि