जेठ ०८, २०८१, मंगलबार
               

देउवाले भने- उज्वल थापाको निधन नेपाली राजनीतिमा ठूलो क्षति

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति पुगेको जनाएका छन् ।

कोभिड संक्रमित थापाको आज उपचारका क्रममा निधन भएको थियो । उनी विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष थिए ।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । नेपाली कांग्रेस र व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा उनले समवेदना व्यक्त गरेका छन् ।

उनले थापालाई उदयमान युवा नेताका रूपमा आफूलाई स्थापित गर्न सफल भनेका छन् ।

यो पनि