बैशाख १७, २०८१, सोमबार
               

महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको निर्णय

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

पार्टीको निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । 

यादवको अध्यक्षतामा बसेको  पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने÷नगर्नेबारे जसपाभित्र पहिलेदेखि नै विवाद बढ्दै आएको थियो ।

पछिल्लो पटक प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई ठाकुर पक्षले समर्थन गरेको छ ।  यादव पक्ष काँग्रेस–माओवादीको विपक्षी गठबन्धनमा छ । 

ठाकुर पक्षले सरकारमा जानको लागी सरकारसँग सहमति समेत गरेको छ । केही दिनभित्रै ठाकुर समूह सम्मानजनक मन्त्रालय लिएर सरकारमा जाने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि