बैशाख २०, २०८१, बिहीबार
               

सर्वोच्चमा आज होला त प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ ?

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । गत शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएर हेर्दाहेर्दैमा राखेको उक्त रिटमाथि आज बहस हुन लागेको हो ।

तर, इजलासमा रहेका न्यायाधीशमाथि नै कानून व्यवसायीले प्रश्न उठाएपछि आजको संवैधानिक इजलासमा सबैको चासोको विषय छ । इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि सोमबार यस सम्बन्धि निर्णय आउन सकेको थिएन ।

इजलासबाट हट्नुपर्ने वकिलहरूको मागलाई दुवैले अस्वीकार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा केसी र श्रेष्ठलाई इजलासमा बस्ने नबस्ने बारे निर्णय लिन आग्रह गरेपछि उनीहरुले वकिलले भनेकै भरमा आआफूहरुले इजलास नछोड्ने अडान राखेका छन् । 

संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको रोष्टरमा रहेका सबै १३ न्यायाधीश बसेर यस विषयलाई टुंगाउनुपर्ने बताए पनि उनीहरुको प्रस्तावलाई प्रधानन्यायाधीश राणाले अस्वीकार गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि