बैशाख २२, २०८१, शनिबार
               

राष्ट्रियसभा उपनिर्वाचनमा आज मतदान हुँदै

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदै छ ।

निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुनेछ । आजै अपरान्ह ३ बजे सम्म मतदानको समय तोकिएको छ ।

मतदान सकिएको लगत्तै मतगणा सुरू भइ आजै परिणाम घोषणा हुने छ ।

चुनावी मैदानमा माओवादी छोडेर एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्का र एमाले छाडेर कांग्रेस गएका दीर्घनारायण पाण्डे चुनावी मैदानमा छन्। खड्काले माओवादी केन्द्र छाडेर एमालेमा गएपछि सो स्थान रित्त भएको थियो। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको साथ छ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनलाई कारबाही गरिएको थियो । एमालेले उनैलाई उम्मेदवार बनाएको हो ।

मतदानमा कारवाही गरिएका जनता समाजवादी पार्टीका चार जना प्रदेश सांसदको मताधिकार अन्तिम समयमा आएर सुनिश्चित भएको छ ।

 

जसपाले कारवाही गरेका ती सांसद यसअघि प्रकाशित मतदाता सूचीमा समावेश थिएनन् । सर्वोच्च अदालतले उनीहरूविरुद्धको कारबाही यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।

आयोगको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यमा ७९ जनाको मात्रै नाम रहेकोमा त्यसलाई थप गरी ८३ बनाएको हो ।

जसपाले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी छन् । प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि उनीहरूले पार्टी निर्णयविपरीत प्रदेशका मुख्यमन्त्रीलाई समर्थन गरेका थिए ।

यो पनि