बैशाख २२, २०८१, शनिबार
               

राष्ट्रियसभा उपनिर्वाचनमा जसपाका ४ जना सांसदले मतदान गर्न पाउने

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका सोमबार हुने मतदानमा जनता समाजवादी पार्टीका चार जना प्रदेश सांसदले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले जसपाका प्रदेश सांसदलाई मतदाता सूचीमा समावेश गरेको हो । 

जसपाले कारवाही गरेका ती सांसद यसअघि प्रकाशित मतदाता सूचीमा समावेश थिएनन् । सर्वोच्च अदालतले उनीहरूविरुद्धको कारबाही यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।

आयोगको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यमा ७९ जनाको मात्रै नाम रहेकोमा त्यसलाई थप गरी ८३ बनाएको हो ।

जसपाले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी छन् । प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि उनीहरूले पार्टी निर्णयविपरीत प्रदेशका मुख्यमन्त्रीलाई समर्थन गरेका थिए ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनलाई कारबाही गरिएको थियो ।

सो रिक्त स्थानमा खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनबाट दीर्घनारायण पाण्डे प्रतिस्पर्धामा छन् ।

यो पनि