बैशाख २०, २०८१, बिहीबार
               

संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठ र केसी रहने/नरहनेबारे सोमबार निर्णय हुने

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । आइतबार पनि यसमा बहस भएको थियो ।

आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रिट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए । 

वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलगायतले इजलासमा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए ।

उनीहरूले अहिलेको राजनीतिक परिस्थिति उत्पन्न हुनुमा नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलालाई कारण भन्दै श्रेष्ठले त्यो आदेश गरेको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै यी दुई न्यायाधीशलाई प्रतिनिधिसभा विघटन मुद्दाको इजलासलमा राख्न नमिल्ने तर्क गरेका थिए ।

सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार संवैधानिक इजलासमा न्यायाधीशहरू श्रेष्ठ र केसी रहने वा नरहनेबारे सोमबार निर्णय हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि