बैशाख १४, २०८१, शुक्रबार
               

बाबुरामको लेखमा भाजपा विदेश प्रमुखको जवाफपछिको तरङ्ग

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख विजय चौथाइवालेले एक भारतीय मिडियामा नेपालका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको लेखमा अभिव्यक्त धारणाप्रति आलोचना गरेपछि नेपाल-भारत सम्बन्धमा जानकारी र चासो राख्नेहरूको ध्यान त्यसतर्फ खिचिएको छ ।

भट्टराईको ले द हिन्दूमा प्रकाशित भएको थियो । त्यसमा उनले संविधान च्यात्न कपी शर्मा ओली, हिन्दू राजतन्त्र पक्षधर र भारतको राष्ट्रिय स्वयंसेवक संघसँग साँठगाँठ गरिरहेको आरोप लगाएका छन् । त्यसका लागि महन्थ ठाकुर र राजेन्द्र महतोले मधेस विरोधी भनेर कुख्यात ओलीसँग हात मिलाउन आकर्षित गरिएको वा त्यसका लागि बाध्य बनाइएको भट्टराईले लेखेका छन्।

राष्ट्रिय स्वयंसेवक संघको नामै किटेर लेख लेखपछि भाजपाका विदेश विभाग प्रमुखले भट्टराईप्रति कडा टिप्पणी गरेका हुन् । सदैव दक्षिणतर्फ लचिलो भनेर चिनिँदै आएका भट्टराईप्रतिको टिप्पणीलाई नेपाली मिडियाले पनि प्राथमिकतासाथ स्थान दिएका छन् ।  

के लेखेका थिए चौथाइवालेले ?

चौथाइवालेले शनिबार ट्वीट गर्दै भट्टराई अझै पनि जेएनयुको सपनामा रहेको बताएका छन् । भट्टराईले नेपालको आन्तरिक राजनीतिमा हात हालेको आरोप लगाएपछि चौथाइवालेले विरोध जनाएका हुन् ।

चौथाइवालेले नेपालको घरेलु राजनीतिमा कुनै पनि टिप्पणी गर्नका लागि बाबुराम स्वतन्त्र भए पनि भारतबारे उनको टिप्पणी उचित नभएको बताएका छन् ।

चौथाइवालेले भनेका छन्, ‘नेपालको घरेलु राजनीतिमा कुनै पनि कुरा गर्न स्वतन्त्र छ, आरएसएस र भारतमा उनको टिप्पणीले उनी अझै पनि जेएनयु सपना जग्गामा बसिरहेको कुरा देखाउँदछ ।’

उनले भने, ‘सामान्य डाइ–हार्ड कम्युनिस्टजस्तै बाबुरामजी सबैजनालाई आफ्नै असफलताका लागि दोषारोपण गर्दै छन् ।’

यो पनि