कात्तिक ०२, २०८१, शुक्रबार
               

गणतन्त्र प्राप्तिका महानायकहरू गिरिजा, माधव र प्रचण्ड : वामदेव गौतम

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले झापा संघर्षका तीन नेता गणतन्त्रको विरुद्धमा रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार सार्वजनिक वक्तव्यमा उनले त्यस समयमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू रहेकाे उनले बताए । 

उनले ती पात्रकाे नाम उल्लेख भने गरेनन् । नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका ३ नेता त्यसकाे विरुद्धमा रहेकाे जिकिर गरे । 

गौतमले २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) भएको बताएका छन्।


कस्तो लाग्यो ?

यो पनि