बैशाख १६, २०८१, आइतबार
               

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सोधियो सात बुँदे स्पष्टीकरण

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी (जसपा) पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधिएको छ । सोही पार्टीका अर्का अध्यक्ष उमहन्थ ठाकुरले यादवलाई मंगलबार सात बुँदे स्पष्टीकरण सोधेका हुन् । 

देशमा पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गरेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् ।

उक्त सात बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी कांग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा स्पष्टीकरण सोधिएको हो । 

गत जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ ठाकुर समूहले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो । तर, सोही दिन उपेन्द्र पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर एकल अध्यक्षता गरी निर्णयहरु समेत गरेका थिए । यो विषयमा पनि यादवसँग स्पष्टीकरण सोधिएको छ ।


कस्तो लाग्यो ?

यो पनि