बैशाख २५, २०८१, मंगलबार
               

निषेधाज्ञा एक साता थपिने, तरकारी पसल बन्द हुन सक्ने

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

दोस्रो लहरको कोरोना सङ्क्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो। अब काठमाडौँ उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेष गरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको छ ।

‘अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प छैन,’ सर्वपक्षीय छलफलको निष्कर्षलाई उद्धृत गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलेभने ।

यसअघि तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए। 

उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ। त्यस अगावै प्रशासनले थप एक साताको निषेधाज्ञा आदेश जारी गर्दै छ। 


कस्तो लाग्यो ?

यो पनि