बैशाख १४, २०८१, शुक्रबार
               

आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवाको हस्ताक्षर

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् । सिंहदरबारमा आयोजित हस्ताक्षर संकलनका क्रममा देउवाले पनि हस्ताक्षर गरेका हुन् ।

संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने विपक्षी गठबन्धनको माग छ । 

विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । 

सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले आजै दायर गर्दैछन् ।


कस्तो लाग्यो ?

यो पनि