बैशाख १५, २०८१, शनिबार
               

देउवाको पक्षमा हस्ताक्षर गर्ने १४९ सांसद नागरिकतासहित सिंहदरबारमा

नेपाल फ्ल्यास
जेठ ०९, २०७८

ADVERTISEMENT

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसदहरू सिंहदरबारमा बेला भएका छन्  ।

उनीहरू सबैजनाले सर्वोच्चमा मुद्दा दायर गर्न नागरिकतासहित भेला भएका हुन् । उनीहरू सिंहदरबारबाट सर्वोच्च जाने तयारीमा छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट दायर हुन लागेको रिटमा हस्ताक्षर गरेर सबैजना भौतिक रूपमा अदालतमा उपस्थित हुने बताइएको छ।


कस्तो लाग्यो ?

यो पनि