बैशाख २६, २०८१, बुधबार
               

संविधान रक्षाका लागि एकजुट हुन सभापति देउवाको आह्वान

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् । उनले आज वक्तव्यमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ  राजनीतिक र न्यायिक लडाइँ लड्ने  प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले एकपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसद्मा स्पष्ट अल्पमतमा परिसक्नुभएका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनःप्रधानमन्त्री नियुक्त गरिएकामा आपत्ति जनाउँदै संविधानको व्यवस्था र भावनानुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने जिकिर गरे ।  उनले त्यस्तो दावीलाई स्वीकार गरी पुनः उहाँलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक भएको आरोप लगा‌ए । 

 राष्ट्रपति र प्रधानमन्त्रीले  नेपालको संविधान समाप्त गर्न उद्दत रहेको आरोप पनि उनले लगाए । 


कस्तो लाग्यो ?

यो पनि