बैशाख २२, २०८१, शनिबार
               

संसदीय संकटको उचित निकास भनेकाे जनमत संग्रह : विप्लव

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै आएकोमा अहिले आएर नेकपाको निष्कर्ष सही सावित भएको बताएका छन् । 

सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुने विप्लवकाे भनाइ छ । 

विप्लवले अहिलेको संकटलाई उचित निकास दिन जनमत संग्रहमा जानुपर्नेमा समेत जोड दिए । जनमत संग्रहका लागि राजनैतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि आफ्नो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको समेत उनले उल्लेख गरे । 


कस्तो लाग्यो ?

यो पनि