बैशाख २२, २०८१, शनिबार
               

संसद विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने काँग्रेसको निर्णय

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

संसद विघटनको घटनालाई नेपाली काँग्रेसले असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी लडाई लड्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले  यस्तो निर्णय लिएको हो ।

सह महामन्त्री डा. प्रकाश शरण महतले भने ‘यो कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हो । यसमा काँग्रेसले अरू दलहरूसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छ, न्यायिक लडाई पनि लड्छौ ।’

काँग्रेसले नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतालाई छियाछिया पार्ने काममा प्रधानमन्त्री र राष्ट्रपति नै लागेको समेत जनाएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि