बैशाख १८, २०८१, मंगलबार
               

जनताको कोरोना पीडालाई ओलीले सत्ता स्वार्थको पक्षमा उपयोग गरे : अध्यक्ष लोहनी

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले निर्वाचनको नियतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगरेको जिकिर गरेका छन् । प्रजातन्त्रमा दलहरूको लागि निर्वाचन सामान्य विषय भएको तर अहिले भने त्यसको लागि नभएको बताएका हुन् ।

असंवैधानिक कदमको आडमा गरिएको संसद विघटन अर्को असंवैधानिक कदम रहेको समेत उनले टिप्पणी गरेका छन् । निर्वाचन दलहरूको लागि सामान्य विषय भएको भन्दै लोहनीले यो पनि संविधान सम्मत हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन् ‘प्रजातन्त्रमा दलहरूको लागि निर्वाचन सामान्य विषय हो । तर एउटा असंवैधानिक कदमको आडमा गरिएको संसद विघटन अर्को असंवैधानिक कदम हो ।’

कोभिडको मारमा परेका जनता घरबाट निस्कन नसक्ने अवस्थाको सत्ता स्वार्थको पक्षमा उपयोग गरेको उनको आरोप छ । एउटा झुट छोप्न अरू अनेकौँ झुट र अन्यायको श्रृङखला सुरु भएको भन्दै उनले संविधानको प्रजातान्त्रिक अस्तित्व समाप्त पार्ने प्रयास निन्दनीय रहेको टिप्पणी गरेका हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि