बैशाख १४, २०८१, शुक्रबार
               

कांग्रेसले बोलायो आकस्मिक बैठक, यस्ता छन् राष्ट्रिपतिको कदमप्रति नेताहरुको आक्रोश

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आकस्मिक बैठक बोलाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । तर, बैठककमो समय भने तय हुन बाँकी रहेको उनले बताए ।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमार्फत उक्त कदमको बिरोध गर्दै आएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो कदमलाई अधिनायकवादतर्फको यात्रा भएको भन्दै यसलाई इतिहासको कोतपर्वको संज्ञा दिएका छन । उनले सामाजिक सञ्जालमा भनेका छन, ‘महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि १ इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ।’

‘हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौँ, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ, अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो, कारोना महामारीका समयमा निर्वाचनको रंगीन सपना महंगो पर्ने भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई खबरदारी गर्दै लेखेका छन, ‘बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ, संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ’, उनले पुनः थपेका छन् । 

त्यस्तै, सोही पार्टीका नेता शेखर कोइरालाले राष्ट्रपतिको कदमले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको पाना च्यात्ने काम भएको उल्लेख गरेका छन् ।

कांग्रेसकै नेता रमेश लेखेकले राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुननसक्ने ठोकुवा गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन्, यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।’


कस्तो लाग्यो ?

यो पनि