बैशाख १७, २०८१, सोमबार
               

राष्ट्रपतिद्वारा पुन: संसद विघटन : कातिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा चुनावको घोषणा

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुन: प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् ।

मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न सिफारिस गरेबमोजिम राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेकाे दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि मन्त्रिपरिषद् बैठक बसेको थियो । सोही बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनकाे घोषणा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राे पटक हो । यसअघि प्रथम पटक २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन भई वैशाखमा निर्वाचन गर्ने घोषणा गरिएको थियो । तर, सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनलाई लिएर महाभारतको प्रसंग जोडेर सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका छन् । शर्माले ट्वीट गर्दै भनेका छन्, 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ ! संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ। 


कस्तो लाग्यो ?

यो पनि