बैशाख २२, २०८१, शनिबार
               

एमालेको शीतल निवासलाई पत्र : देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुन्छ

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना पठाएको छ ।

संविधानको  धारा ७६ (५) प्रधानमन्त्री दाबी पेस गर्ने क्रममा माधव नेपालसहित अन्य सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई अघि सारी हस्ताक्षर गरी अघि बढेका बेला नेकपा एमालेले राष्ट्रपति कार्यालयलाई सो पत्र पठाएको हो । 

उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ ।

‘उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने जानकारी गराएका छौं,’ सो स्रोतले भन्यो ।  शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।

यो पनि