जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यहि जेठ ८ र ९ गतेका लागि बोलाइएको जसपाको कार्यकारिणी समितिको बैठक आज एकाएक स्थगित भएकाे हाे ।
शुक्रबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै बैठक स्थिगित भएको जानकारी दिए । यस अघि जेठ ४ गते जानकारी गरिए अनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारण अर्को सूचना नभएसम्म बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
गत जेठ ४ गते अध्यक्षद्वय ठाकुर उपेन्द्र यादवबीच भएको समहति अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय भएको थियो ।