बिहीबार मध्यरातमा राष्ट्रपतिनिवास शीतलनिवास पुगेका जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरु चिया खान गएको बताएका छन्।
शुक्रबार बिहान जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरूसँगको कुराकानीमा ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा राजनीतिक विषयमा छलफल नभएको बताएका हुन् । बिहीबारराति प्रधानमन्त्री केपी शर्मा ओली, जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।
‘राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट भएको हो’, ठाकुरले भने, ‘चिया खानको लागि गएको थिएँ। त्यसपछि फिर्ता आएँ।’ बिहीबार राति ११ बजे जसपाका ठाकुर र राजेन्द्र महतो, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।