बैशाख १३, २०८१, बिहीबार
               

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा नजिकिँदै गर्दा दाहाल छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । त्यसअघि देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । कांग्रेसले सम्भावित सबै विकल्पमा दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो ।

यसैगरी शुक्रबार बिहानै जसपाको महन्थ ठाकुर पक्षले आफू निकट सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल गरेको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

यो पनि