जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीबाट निर्वाचन आचारसंहिता उल्लंघन भयो : कांग्रेस

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गरी आचारसंहिता उल्लंघन गरेको भन्दै आप्पत्ति जनाएको हो ।

‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने हाम्रो ठहर छ’ प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।

वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन भोलि हुँदै छ । त्यसको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बादलको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।


कस्तो लाग्यो ?

यो पनि