जेठ ०३, २०८१, बिहीबार
               

कांग्रेस नेता मल्लको निधन

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । कोभिडका कारण नेपाली कांग्रेस स्याङ्जाका नेता गजेन्द्र प्रकाश मल्लको निधन भएको छ । जिल्ला विकास समिति स्याङ्जाका अनुसार उनको म‌ंगलबार निधन भएको हो ।  मल्ल कांग्रेसको जेष्ठ नागरिक सभाका सदस्य थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । देउवाले पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन् । 

'नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य,  महासमिति सदस्य एवं मेरा मित्र गजिन्द्र प्रकाश मल्लको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ । स्वर्गीय मल्लले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याउनुभएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामना साथ गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ललगायत सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,' देउवाद्वारा जारी शोक सन्देशमा भनिएको छ । 


कस्तो लाग्यो ?

यो पनि