जेठ ०३, २०८१, बिहीबार
               

सभापति देउवाद्वारा तेस्रो लहर पनि महामारी आउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड–आइसियुलगायतको तयारी गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप सुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि